मुम्बई । भारतमा कोरोनाभाइरस संक्रमितहरुको संख्या तीव्र गतिमा बढिरहेको छ । दोस्रो लहर सुरु भएसँगै धमाधम बलिउड सेलिब्रेटीहरु पनि यसको चपेटामा परिरहेका छन् ।
संक्रमितको संख्या मात्रै नभई संक्रमणबाट मृत्यु हुनेहरुको संख्या पनि उत्तिकै मात्रामा बढिरहेको छ । यसबीच अभिनेत्री रिचा चड्डाले सरकारप्रति आक्रोश पोखेकी छन् ।उनले लेखेकी छन्, “तपाईंले जे पनि भन्न सक्नुहुनेछ, जस्तै, हामीसँग २० स्मार्ट सहर छ, हामी शक्तिशाली बन्ने छौँ । हामीसँग पाँच ट्रिलियन अर्थ व्यवस्था र जागिर हुनेछ ! तपाईंले चाहेको जे पनि भन्न सक्नुहुनेछ । किनकि, त्यो सबै झुटो हो । सत्य भनेको हामीसँग अक्सिजन सिलिन्डर, औषधि, बेड, खोप र मरेको मान्छे जलाउन काठ पनि हुँदैन ।”
रिचाको यो आक्रोशपूर्ण ट्विट आएसँगै धेरैले आ–आफ्नो राज्यमा अक्सिजन, खोप अभावबारे सामाजिक सञ्जालमार्फत जानकारी गराइरहेका छन्
नवभारत टाइम्स
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ