काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–६ बौद्ध कपन सरस्वतीनगरबाट एक किलोग्राम ८०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटासहित धादिङ थाक्रे गाउँपालिका–३ डाँडाखर्कका ३० वर्षीय कुलबहादुर तामाङ र २० वर्षीय जयराम तामाङलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गंगा पन्तले संरक्षित वन्यजन्तुको खपटा अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिइन्।
उनीहरुलाई आखेटोपहार झोलामा बोकेर हिँडेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता पन्तले बताइन्। पक्राउपछि दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको ब्यूरोले जनाएको छ।
रासस
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ