Logo

मंगलवार, भाद्र ९ गते २०८३

जसपाभित्र भाडभैलो :- लुम्बिनीका सांसदलाई कारबाही नगरिएको ठाकुरको छुट्टै पत्र

जसपाभित्र भाडभैलो :- लुम्बिनीका सांसदलाई कारबाही नगरिएको ठाकुरको छुट्टै पत्र


जसपाभित्र भाडभैलो :- लुम्बिनीका सांसदलाई कारबाही नगरिएको ठाकुरको छुट्टै पत्र

काठमाडौँ – लुम्बिनी प्रदेशमा आफ्ना सांसदलाई कारबाही नगरिएको छुट्टै पत्र जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभालाई पठाएको पाइएको छ।

अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टी निर्देशन विपरीत अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर पनि सरकारमा सहभागी भएको भन्दै कारबाही गरेपछि ठाकुरले छुट्टै पत्र पठाएका हुन्।

यादवको पत्रअनुसार प्रदेशसभाका ६ मध्ये मुख्यन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका सहभागी चार जनाको पद रिक्त भइसकेको छ।

बिहीबार प्रदेशसभाले जसपाको केन्द्रीय कार्यकारिणी परिषद र प्रदेससभा संसदीय दलको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्य निष्कासन गरिएको सूचना जारी गरको छ।

तर ठाकुरले बिहीबार नै पार्टीका तफबार्ट कसैलाई कारबाही नगरिएको पत्र पठाएका हुन्।

सांसदलाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयले जसपाभित्र रडाको मच्चिएको छ।

अब कस्को पत्र आधिकारिक भन्ने विवाद हुने भएको छ।

एमालेलाई प्रदेशदेखि संघसम्म सहयोग गर्ने कि गर्ने भन्ने विषयमा जसपा विभाजित छ। पूर्व राजपा पक्ष ओलीलाई सहयोग पक्षमा छ भने पूर्व समाजवादी विपक्षमा उभिँदै आएको छ।

jasapa-thakur-letter-748x1024.jpg

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक