काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
यसअघिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धी निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।
आजको बैठकले समर्थन फिर्ता लिएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । उनका अनुसार माओवादीले भोलि नै संसद् सचिवालयलाई पत्र बुझाउनेछ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक