Logo

बुधवार, भाद्र १० गते २०८३

कोरोना जितेर घर फर्किए झलनाथ खनाल

कोरोना जितेर घर फर्किए झलनाथ खनाल


कोरोना जितेर घर फर्किए झलनाथ खनाल

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल मंगलवार निको भई घर फिर्ता भएका छन्। कोभिड–१९ संक्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनाल स्वस्थ भई डिस्चार्ज भएका हुन् ।
 
उनी यही वैशाख २६ गते कोभिड–१९ संक्रमणमुक्त भएका हुन् । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाहानुसार डिस्चार्ज भएको जानकारी दिए । संक्रमण भएपछि उनलाई शुरुमा अक्सिजन दिइएको र त्यसपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा जेपी जैसवाल र डा बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण