Logo

मंगलवार, भाद्र ९ गते २०८३

माधव नेपालसहित चार नेताको कारबाही फुकुवा

माधव नेपालसहित चार नेताको कारबाही फुकुवा


माधव नेपालसहित चार नेताको कारबाही फुकुवा

काठमाडौँ : नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।  बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले  कारबाही फुकुवा गरेको अर्थमन्त्रीसमेत रहेका ओली समूहका नेता विष्णु पौडेलले जानकारी दिए ।

नेता नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले कारबाही गरेको थियो । ति चार जना नेताको कारबाही फुकुवाको निर्णय गरेको हो । फुट संघारबाट एमालेलाई जोगाउन कारबाही फुकुवा गरेको  हो ।अर्थमन्त्री पौडेल स्थायी कमिटी बैठकअघि आज बिहान नेता नेपाल निवास कोटेश्वरमा पुगेर छलफल गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बैशाख ३० गतेभित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज सकिँदैछ ।

कामना न्यूज

  • बिहिवार, बैशाख ३० २०७८१२:४२:४३
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक