काठमाडौं : सत्तारुढ एमालेमा देखिएको विवाद मिलाउन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटघाट सुरु भएको हो । पार्टी विवाद मिलाउन कार्यदल बनाउने विषयमा दुई नेताबीच छलफल सुरु भएको हो ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दुई नेताबीच पार्टीको आन्तरिक राजनीतिबारे छलफल हुने बताए । दुई नेताले विवाद समाधानका लागि कार्यदल बनाउने नेताहरूले बताएका छन् ।
नेता नेपाल समूहले एमालेलाई २०७५ जेठ २ मा फर्काउनु पर्ने सर्त राखिरहेको छ । शुक्रबार संस्थापन र नेपाल समूहबीच भएको छलफलमा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति बनेको थियो । त्यसका लागि कार्यदल बनाउने सहमति बमोजिक कार्यदल बनाउन दुई नेता भेट्न लागेका हुन् । कार्यदल बनाउने सहमति ओली र नेपालबीच वैशाख ३० गतेको वार्तामा भएको थियो । शुक्रबार भएको वार्तामा भर्खरैमात्र एमाले प्रवेश गरेका रामबहादुर थापालाई पनि समावेश गरिएको भन्दै नेपाल समूहले आपत्ति जनाएको थियो।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक