Logo

मंगलवार, भाद्र ९ गते २०८३

लुम्बिनीका चार सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

लुम्बिनीका चार सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश


लुम्बिनीका चार सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त नगर्न सोमबार अल्पकालिन अन्तरिम आदेश दिएको हो । उनीहरूलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानुनसम्मत नभएको इजलासले भनेको छ । 

जसपाको उपेन्द्र यादव समूहको सिफारिसमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट वैशाख १७ गते पदमुक्त गरेका थिए । उनीहरू सो निर्णयविरुद्ध आइतबार रिट दर्ता गरेका थिए । 

चारैजना अहिले लुम्बिनी सरकारका मन्त्री छन् । निवेदकहरूलाई निष्कासन गर्नुअघि सम्बन्धित दलले अनिवार्यरूपमा सफाइको मौका दिनुपर्ने कार्यविधिको पालना नगरेको देखिएकाले क्रिया गलत रहेको इजलासले भनेको छ ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक