काठमाडौं । शपथ विवादमा परेको रिटमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ ।
साथै राष्ट्रपति कार्यालयसँग पनि लिखित जवाफ माग गरिएको छ ।सोमबार दर्ता भएका चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले यस्तो जवाफ माग गरेको हो ।
रिट निवेदनकर्ताले अन्तरिम आदेशको माग गर्दै प्रधानमन्त्रीको हैसियतमा हुने काम कारवाहीमा रोक लगाउन भनेका थिए ।तर सर्वोच्चले अन्तरिम आदेश भने दिएको छैन ।“सम्माननीय प्रधानमन्त्री र मन्त्रीहरुको शपथ सम्बन्धमा विचार गर्दा विपक्षीहरुबाट लिखित जवाफ परेपछि रिट निवेदनमा अन्तिम निर्णय हुँदा निरुपण हुनेनै भएकाले हाल मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन,” आदेशमा भनिएको छ ।

-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक