काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्व सभामुखको बैठकमा सुवास नेम्वाङ नजाने भएका छन् ।
संविधान सभाका अध्यक्ष नेम्वाङले सभामुख सापकोटासँग आफ्नो टेलिफोन कुराकानी भएको र छुट्टै भेट्ने सल्लाह भएको बताए ।‘मेरो सभामुख जीसँग टेलिफोनमा कुराकानी भयो, मैले छुट्टै भेट्छु भनेको छु,’ संविधान सभाका अध्यक्ष नेम्वाङले भने ।
सभामुख सापकोटाले प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे पूर्व सभामुखहरुसँग परामर्श गर्न भन्दै अहिले १ बजेका लागि बैठक डाकेका छन् । सापकोटाले प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक र गलत भन्दै आइरहेका छन् ।
बैठकमा दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरा भने सहभागी हुने जनाइएको छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण