काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।
आज बसेको दलको बैठकले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको प्रदेश सभा सदस्य अमरबहादुर साउदले जानकारी दिए ।सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ताका लागि निर्देशन दिएको थियो ।
तर, बैठकले पार्टीको निर्देशन विपरीत निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशसभामा एमालेको खनाल–नेपाल समूह बलियो छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक