काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्न सुझाव दिएका छन् । फुटको संघारमा पुगेको जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा सहभागी हुने चर्चा चलिरहँदा भट्टराईले यस्तो सुझाव दिएका हुन् ।
'अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो' भट्टराईले 'नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ ।' त्यस्तै भट्टराईले हिडिरहे फेरि भेट हुनेछ भन्दै ट्वीट गरेका छन् 'अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊँ ! हातमिलाएर आआफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेटहुनेछ !' उनले कसलाई लेखेको नखुलाए पनि जसपाको पछिल्लो राजनीतिक घटनाले आफ्नै पार्टीका नेताहरूलाई लेखेको सहजै अनुमान लगाउन सकिन्छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक