Logo

मंगलवार, भाद्र ९ गते २०८३

सुदूरपश्चिममा एमालेद्वारा ६ मन्त्रीलाई कारबाहीको सिफारिस

सुदूरपश्चिममा एमालेद्वारा ६ मन्त्रीलाई कारबाहीको सिफारिस


सुदूरपश्चिममा एमालेद्वारा ६ मन्त्रीलाई कारबाहीको सिफारिस

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमका तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सातजनालाई कारबाहीको सिफारिस गरेको छ । प्रदेश कमिटीले स्पष्टीकरण सोधे पनि जवाफ नआएपछि आवश्यक कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस गरेको प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज कारबाहीमा पर्ने भएका हुन् ।
 
त्यस्तै एमाले प्रदेशसभाकी सचेतक दुर्गाकुमारी कामीलाई पनि कारबाहीको सिफारिस गरेको रावलले जानकारी दिए ।
 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक