Logo

मंगलवार, भाद्र ९ गते २०८३

उपप्रधानमन्त्रीसहित जसपाको महन्‍थ समूह सरकारमा जाने

उपप्रधानमन्त्रीसहित जसपाको महन्‍थ समूह सरकारमा जाने


उपप्रधानमन्त्रीसहित जसपाको महन्‍थ समूह सरकारमा जाने

काठमाडौँ: जनता समाजवादी पार्टीजसपाको महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुनेबारे अहिले बालुवाटारमा निर्णायक छलफल जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच अहिले बालुवाटारमा छलफल भएको उनी निकट एक नेताले जानकारी दिए । उनीहरूबीच एक सातादेखि सत्ता समिकरणबारे लगातार छलफल भइरहेको छ ।

ठाकुर निकट नेताका अनुसार ठाकुर, महतो र ओलीबीच मन्त्रालय बाँडफाटमा अझै कुरा मिलेको छैन । केही समयमै मन्त्रालय टुंगो लगाएर आजै वा भोलिसम्‍म सरकारमा सहभागी हुने ति नेताले बताए । उपप्रधानमन्त्रीसहित वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित महतोको नेतृत्वमा जसपा सरकार जाने तयारी रहेको पनि उनको जिकिर छ ।

जसपामा ठाकुर र महतो समूह ओलीलाई सहयोग गरेर सरकारमा जाने तयारी छ । तर अर्का अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्‌ अध्यक्ष डा। बाबुराम भट्टराई ओलीलाई जसरी पनि हटाउने तयारी छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक