काठमाडौँ : प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा खारेज भएसँगै विभाजित भएको माओवादी केन्द्रले एमालेका सांसद तथा मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
आज आइतबार माओवादी केन्द्रको संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयलाई दिएको छ । ‘माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले आज प्रदेश सभा सचिवालयमा आएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनु भएको छ,’ प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले भने ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक