Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

दिलीप कुमारको स्वास्थ्यमा सुधार

दिलीप कुमारको स्वास्थ्यमा सुधार


दिलीप कुमारको स्वास्थ्यमा सुधार

मुम्बई । बलिउड अभिनेता दिलीप कुमारको स्वास्थ्य अवस्था सुधारमा आएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई गएको आइतबार मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो । त्यसको भोलिपल्ट उनलाई आईसीयूमा राखिएको जनाइएको थियो ।

उनको निगरानी गरिरहेका पल्मोनोलोजिस्ट डा. जलील पारकरले मंगलबार उनको स्वास्थ्य अपडेट जारी गरेका छन् । डा. जलीलका अनुसार उनको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । यद्यपि, उनलाई अझै अक्सिजनको सपोर्टमा राखिएको छ ।

अभिनेतालाई बाइलेटरल प्ल्युरल इफ्युजन भएको थियो । छातीभित्र फोक्सोको वरिपरि पानी जमिनुलाई चिकित्सकीय भाषामा ‘प्ल्युरल इफ्युज’ भनिन्छ । यसरी छातीमा बारम्बार पानी जम्मा हुँदा फोक्सोमा दबाबका कारण सास फेर्न गाह्रो हुन्छ ।

डा. जलीलका अनुसार अभिनेता दिलीपको छातीमा भरिएको पानी औषधिले कम भएको र दुई–तीन दिनमा उनको डिस्चार्ज हुनेछ ।

नवभारत टाइम्सबाट 

कामना न्यूज

  • बुधवार, जेठ २६ २०७८१२:२०:५६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ