Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

दिग्गज अभिनेता चन्द्रशेखरको निधन

दिग्गज अभिनेता चन्द्रशेखरको निधन


दिग्गज अभिनेता चन्द्रशेखरको निधन

मुम्बई । दिग्गज भारतीय अभिनेता चन्द्रशेखरको निधन भएको छ । ९७ वर्षीय चन्द्रशेखरको जुन १६ तारिखको बिहान निधन भएको हो ।

उनी दुई छोरा र एक छोरीको परिवारसँग बसिरहेका थिए । अभिनेताका छोरा अशोक शेखर चर्चित टेलिभिजन निर्माता हुन् भने नाति शक्ति अरोरा अभिनेता हुन् ।अभिनेता चन्द्रशेखरले २५० भन्दा बढी चलचित्र र थुप्रै संख्यामा टीभी शोहरुमा काम गरेका छन् । जुनियर कलाकारको रुपमा आफ्नो करियर सुरु गरेका उनी पछि एक प्रमुख चरित्र कलाकार (क्यारेक्टर आर्टिस्ट)को रुपमा स्थापित भए ।

‘सुरंग’, ‘वसन्त बहार’, ‘काली टोपी लाल रुमाल’, ‘रुस्तम–ए–बगदाद’लगायत उनले अभिनय गरेका चर्चित चलचित्रहरु हुन् । उनी चर्चित धारावाहिक टेलिशृंखला ‘रामायण’मा आर्य सुमन्ताको भूमिकामा थिए ।उनको अन्तिम चलचित्र ७७ वर्षको उमेरमा खेलेको ‘खौफ’ थियो, त्यो २००७ मा रिलिज भएको थियो ।

अभिनयका साथै उनले निर्देशन र निर्माणमा पनि हात हालेका थिए । उनको डेब्यु निर्देशन र निर्माण रहेको चलचित्र ‘चा चा चा’ हो । जसमा उनी आफैँ मुख्य भूमिकामा थिए । त्यसपछिको दुई वर्षपछि सन् १९६६ मा उनले ‘स्ट्रिट सिंगर’ चलचित्र निर्माण र निर्देशन गरे । उनी केही चलचित्रसँग सम्बन्धित संस्थाहरुमा पनि आबद्ध थिए । 

बलिउड हंगामाबाट 

कामना न्यूज

  • शुक्रवार, आषाढ ४ २०७८०६:४५:०३
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ