काठमाडौँ– नेकपा एमालेका नेता माधवकुमार नेपालले जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई कमजोरीका रुपमा लिएको आरोप लगाएका छन् ।
नेता नेपालले अध्यक्ष ओली नै पार्टी एकता भंग गर्ने दिशामा लागेको उल्लेख गर्दै कर्णाली प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेटमा गएकामा असन्तुष्टि जनाएका हुन् ।
अध्यक्ष ओलीको पछिल्लो कदमलाई लिएर असन्तुष्टि व्यक्त गर्दै नेता नेपालले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कदमको विरोध गरेका हुन् ।उनले भनेका छन्, ‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।’
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक