काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेताको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिनैपर्ने बताएका छन् । हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नेताहरु हुन नसक्ने उनको भनाइ छ ।
शनिबार बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, “अदालतको फैसला हुँदासम्म हस्ताक्षर रहिरहे ती एमाले नेता हुन सक्दैनन् ।”
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र सर्वोच्च अदालतमा रिट दायर गर्दा गरेको हस्ताक्षर फिर्ता लिनैपर्ने उनले बताएका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष बुझाइएको प्रस्ताव एमालेका २३ सांसदले हस्ताक्षर गरेका थिए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक