Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

पहिलो श्रीमतीसँग अलग हुँदा सलमानले यसरी सम्हालेका थिए आमिरलाई !

पहिलो श्रीमतीसँग अलग हुँदा सलमानले यसरी सम्हालेका थिए आमिरलाई !


पहिलो श्रीमतीसँग अलग हुँदा सलमानले यसरी सम्हालेका थिए आमिरलाई !

मुम्बई । बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खान र किरण रावबीचको सम्बन्धविच्छेद अहिले चर्चामा छ । पहिलो श्रीमती रीना दत्तसँग सम्बन्धविच्छेदको २२ वर्षपछि आमिर दोस्रो श्रीमतीसँग पनि छुट्टिएका हुन् ।

उनको पहिलो श्रीमती रीनासँग सन् १९८६ मा विवाह भएको थियो । विवाहको १६ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भएको थियो । पहिलो श्रीमतीसँग छुटिट्एपछि आमिर निकै तनावमा थिए ।

आमिरलाई त्यो मुस्किल समयमा अभिनेता सलमान खानले साथ दिएका थिए । स्वयं आमिरले ‘कफी विथ करण’ शोमा यसबारेमा बताएका थिए ।

आमिरले भनेका थिए, “सलमानको मेरो जीवनमा त्यो बेला प्रवेश भएको थियो, जब म मेरो जीवनको सबैभन्दा गाह्रो समयसँग जुधिरहेको थिएँ । तब मेरो श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो । म र सलमान एकार्कासँग आमने–सामने भएका थियौँ र उनले (सलमान)ले मसँग भेट्ने इच्छा व्यक्त गरेका थिए । हामी दोस्रोपटक भेट्यौँ । सँगै बसेर ड्रिंक ग¥यौँ । त्यसपछि हामीबीचको सम्बन्ध अझ गाढा भयो । त्यो बेलादेखि हाम्रो मित्रता सुरु भएको हो ।”

दुःखमा गाँसिएको मित्रताको त्यो सम्बन्ध केही समय भने निकै चिसिएको थियो । यतिसम्म कि उनीहरुबीच बोलचाल नै बन्द भएको थियो । त्यसको कारण चलचित्र ‘अन्दाज अपना अपना’मा सलमानको व्यवहार भएको बताइन्छ ।

आमिर भनेका छन्, “अन्दाज अपना अपना’मा मेरो सलमानसँगको सहकार्यको अनुभव निकै खराब रहयो । उनी निकै रुड र अरुको वास्ता नगर्ने टाइपका थिए । त्यो बेलादेखि सलमानसँग दूरी बनाउने निर्णय लिएका थिएँ ।”

नवभारत टाइम्सबाट ।

कामना न्यूज

  • सोमवार, आषाढ २१ २०७८०६:२९:१६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ