Logo

मंगलवार, भाद्र ९ गते २०८३

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु


एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं सत्तारुढ दल नेकपा एमालेको आन्तरिक एकता कायम गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यदल सदस्यहरू कोटेश्‍वरस्थित नेपाल निवासमा छलफल गरेर फर्केपछि बैठक सुरु भएको हो ।

कार्यदलले आजै सहमति जुटाउने दाबी कार्यदल सदस्यहरूले गर्दै आएका छन् । स्रोतका अनुसार सहमतिको मस्यौदामा हस्ताक्षर गरेर आजै स्थायी समिति बैठकमा पेस गर्ने तयारी छ । वार्ता टोलीका एक सदस्यका अनुसार पार्टीको आन्तरिक विवाद समाधानका लागि ९ बुँदामा सहमति जुटिसकेको छ । 

पछिल्लो समय एमालेको पुनःमिलन शक्ति बाँडफाडमा रोकिएको छ । वरिष्ठ नेता नेपालले अध्यक्ष मागेपछि सहमति जुट्न नसकिरहेको नेताहरू बताउँछन् । 

यता नेता नेपालले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा गर्ने फैसलालाई प्रभावित पार्नेगरी कुनै सम्झौता नगर्ने बताएका छन् । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक