काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले गरेको निर्णयलाई स्वागत गरेका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै संविधान, संसद र लोकतन्त्रको रक्षा भएको बताए ।
‘प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले गरेको निर्णयलाई स्वागत गर्छु, संविधान, संसद बच्यो लोकतन्त्र बच्यो,’ एमाले वरिष्ठ नेता नेपालले प्रतिक्रिया दिंदै भने ।अदालतको सो फैसलाले संविधानमा रहेका अस्पष्टता पनि प्रष्ट भएको भन्दै अदालतको गरिमा पनि बढेको उनले भनेका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक