Logo

बुधवार, भाद्र १० गते २०८३

ओलीले बाेलाए एमाले स्थायी कमिटी बैठक

ओलीले बाेलाए एमाले स्थायी कमिटी बैठक


ओलीले बाेलाए एमाले स्थायी कमिटी बैठक

काठमाडौँ – एमाले अध्यक्ष तथा हालै प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएका छन्।

ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि मंगलबार दिउँसो १ बजेका लागि एमाले स्थायी कमिटीको बैठक बोलाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलले बुझाएको १० बुँदे सहमति र केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल हुनेछ।

आन्तरिक किचलोमा रहेको एमालेको एकता प्रक्रियाका लागि ओली तथा नेता माधव नेपाल समूहका नेताहरु रहेको कार्यदलले सहमति गरेको छ।

तर त्यसलाई लिएर विवाद सुरु भइसकेको तथा सर्वोच्चको फैसलापछिको अवस्थालाई लिएर अन्यौल सिर्जना भएका बेला बैठक हुन लागेको हो।

सोमबार सर्वोच्च अदालतले संसद विघटन खारेज गर्दै ६ दिन भित्र प्रतिनिधिसभाको बैठक बोलाउन तथा मंगलबार बेलुका ५ बजेभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र