Logo

मंगलवार, भाद्र ९ गते २०८३

देउवाले लिन मानेनन् प्रधानमन्त्रीको शपथ, नियुक्ति सच्याउनुपर्ने अडान

देउवाले लिन मानेनन् प्रधानमन्त्रीको शपथ, नियुक्ति सच्याउनुपर्ने अडान


देउवाले लिन मानेनन् प्रधानमन्त्रीको शपथ, नियुक्ति सच्याउनुपर्ने अडान

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् ।
उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी  उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् । त

तर देउवाले भने आफूले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका हुन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक