काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका युवाले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन् । ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएर फर्किएका ओली समूहका युवाहरुले कोटेश्वरमा नेपालको पुत्ला जलाएका हुन् ।
ओली समर्थित युवाहरुले नेपालको घर घेर्ने तयारी गरेपछि प्रहरीले कोटेश्वरस्थित नेपालको घर वरिपरि सुरक्षा बढाएको छ । आज नै ओलीले बालकोट पुगेर नेता नेपालमाथि चर्काे आक्रोश पोखेका थिए । प्रहरी स्रोतका अनुसार अहिले कोटेश्वर क्षेत्रमा थप प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक