Logo

मंगलवार, भाद्र ९ गते २०८३

एमाले दोस्रो पुस्ताका नेता छलफलमा

एमाले दोस्रो पुस्ताका नेता छलफलमा


एमाले दोस्रो पुस्ताका नेता छलफलमा

काठमाडौं । पार्टीको विवाद समाधानका लागि नेकपा एमालेका नेताहरु छलफलमा जुटेका छन् । पार्टीको दोस्रो पुस्ताक नेताहरु सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा आन्तरिक छलफलमा जुटेका हुन् । 

कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दै कसरी पार्टी एकता गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । समस्या समाधानका लागि गठित कार्यदल भङ्ग भए पनि छलफल गर्दै जाने एमालेले बताएको थियो । हिजो बसेको एमाले स्थायी कमिटी बैठकले कार्यदल भङ्ग गर्दै छलफललाई भने निरन्तरता दिने निर्णय गरेको थियो । 

नेपाल समूहकै कारण आफू प्रधानमन्त्रीबाट बाहिरिनु परेको निष्कर्ष निकाल्दै ओली थप रुष्ट बनेपछि दोस्रो पुस्ताका नेताहरु कार्यदलको प्रस्ताव कसी कार्यान्वयन भनेर चिन्तित बनेका छन् ।  छलफलमा केपी ओली पक्षका नेताहरु सुभाषचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरूङ तथा  माधव नेपाल पक्षका नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण बिष्ट, रघुजी पन्तलगायत नेता सहभागी छन् । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक