३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।
कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख मार्फत विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
सर्वोच्च अदालतले पुनर्स्थापना गर्न आदेश दिएको प्रतिनिधिसभाको बैठक आज अपराह्न चार बजे बस्दै छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक