Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रचण्डको सुरक्षा डीएसपीको नेतृत्वमा

प्रचण्डको सुरक्षा डीएसपीको नेतृत्वमा


प्रचण्डको सुरक्षा डीएसपीको नेतृत्वमा

काठमाडौँ– सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाएको छ ।

सुरक्षा चुनौती भन्दै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा प्रचण्डलाई डीएसपीको नेतृत्वमा सुरक्षा दिने निर्णय अनुरुप सुरक्षाकर्मी खटाइएको गृहमन्त्रालयले जनाएको छ ।

अहिले प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेको नेतृत्वमा १० सुरक्षामर्की खटाइएको मन्त्रालयका एक अधिकारीले जनाए ।विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा अनुसार प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था छ ।

कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले आजीवन प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना सशस्त्र र दुई जना नेपाल प्रहरीका कर्मचारी सुरक्षार्थ प्रयोग गर्न सक्छन् ।

नेकपा एमालेका नेता माधवकुमार नेपालको सुरक्षा पनि बढाइएको छ । प्रहरी अधिकारीहरुका अनुसार ओली समूहका कार्यकर्ताबाट थ्रेट बढेको भन्दै सुरक्षाकर्मी थप गरिएको हो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक