Logo

बुधवार, भाद्र १० गते २०८३

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली


माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि हदैसम्म लचिलो हुने बताएका छन् । बुधबारको केन्द्रीय कमिटी बैठकमा उनले एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको समेत बताएका छन् ।

“हामी एकताका लागि हदैसम्म लचिलो छौँ । अन्तिमसम्ममा पनि एकताका लागि प्रयास जारी छ ।  मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,” बैठकमा ओलीले भनेका छन् । 

उनले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका छन् । त्यस्तै एकता भएमा सबै संरचनाहरू ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने पनि बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र