विराटनगर । मोरङमा नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षले आयोजना गरेको कार्यक्रमस्थलका कुर्सी भाँचिएको छ ।
उर्लाबारीमा आयोजित कार्यक्रमअगावै कार्यक्रमस्थलमा तोडफोड भएको हो ।
उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएमा निर्धारित कार्यक्रमअगावै एक समूहले कार्यक्रमस्थलमा राखिएका कुर्सी तोडफोड गरेका हुन् ।
एमाले उर्लाबारी संयोजक उमाकान्त गौतमले गाडीमा आएका केही मानिसले कार्यक्रमस्थलमा तोडफोड गरेको बताए ।भने,“कसले तोडफोड गरेको हो भनेर खोजी गरिरहेका छौं ।”
माधव समूहका नगर संयोजक गंगा बास्तोलाले ओली पक्षकै असन्तुष्ट पक्षले घटना गराएको हुन सक्ने बताए । उनले आफूहरु बैठकमा नगएको र २०७५ जेठ २ गतेका अध्यक्षले बैठक आह्वान गरेमात्र जाने बताए । एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल घटनास्थलमा पुगेर त्यसबारे जानकारी लिइरहेका छन् ।
डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र