काठमाडौँ– सरकारले गण्डकीमा पृथ्वीबहादुर गुरूङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुख पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रदेश प्रमुखका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद साह पदमुक्तको प्रक्रियामा गएका छन् ।
शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । ओली सरकारले उनलाई पदमुक्त गरेको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका शेरचनलाई नेकपा९माओवादी केन्द्र० ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।
यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक