काठमाडौँ – माओवादी केन्द्रबाट एमाले प्रवेश गरेपछि प्रतिनिधि सभा सदस्य पद गएका चार नेताले सांसद पद पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
एमाले बनेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद पुनर्वहालीको माग गर्दै आज रिट दायर सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए । ‘पूर्वमाओवादी र अहिलेका एमालेका चार नेताले सांसद पद पुनर्वहाली हुनुपर्ने माग राख्दै आज सर्वोच्चमा रिट दायर गर्नु भएको छ,’ पौडेलले भने, ‘रिट दर्ता भएको छ ।’
२३ फागुनमा सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका थिए । त्यसपछि यी चार नेताहरू आफ्नो पूर्वमाओवादी पार्टी छोडेर एमालेतिर लागेका थिए । एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक