Logo

बुधवार, भाद्र १० गते २०८३

मन्त्रीबारे छलफल गर्न जसपा बैठक जारी

मन्त्रीबारे छलफल गर्न जसपा बैठक जारी


मन्त्रीबारे छलफल गर्न जसपा बैठक जारी

काठमाडौँ  जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक जारी छ । पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न जारी बैठकमा अहिलेसम्म कुनै सहमति नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘सरकारमा सहभागिता र मन्त्री चयनका विषयमा छलफल केन्द्रित छ । अहिलेसम्म व्यक्ति र मन्त्रालयको कुरा टुंगिएको छैन,’ ती नेताले भने ।

सत्ता गठबन्धनसँग कति र कुन कुन मन्त्रालय भन्ने नटुंगिएकाले अहिले व्यक्ति र मन्त्रालयबारे निर्णय हुन सक्ने सम्भावना नरहेको ती नेताले बताए । वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, जसपा, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा छन् ।

मन्त्री कुन दललाई कती र मन्त्रालय टुंग्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक साँझ पुनः बस्ने सम्भावना रहेको बालुवाटार स्रोतले जानकारी दियो । गठबन्धनले शीर्ष नेतालाई मन्त्री र मन्त्रालय टुंग्याउने जिम्मेवारी दिएको छ । भने जसपाले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्री छान्ने जिम्मेवारी दिएको छ । 

कामना न्यूज

  • बिहिवार, श्रावण १४ २०७८०४:०३:५७
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण