पाेखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन् ।
मदन भण्डारी फाउन्डेस कास्कीद्वारा आज पोखरामा आयोजित ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले आगामी एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्ने बताए ।
“पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने, “पार्टी एकताका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको प्रत्यक्ष वार्ताको तयारी भएको छ ।”
नेकपा एमाले केन्द्रीय सचिवसमेत रहेका गुरुङले सङ्गठित पार्टी निर्माणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पार्टीको आगामी महाधिवेशनले अहिले देखिएका असन्तुष्टिको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नेमा जोड दिए ।
रासस
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक