काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । आज काठमाडौं जिल्ला कमिटीको बैठकलाई संबोधन गर्दै उनले नेता नेपाललाई अपराधीको संज्ञा दिए । उनले नेता नेपाललाई 'देशद्रोही'को आरोप पनि लगाए ।
“बाटो बिराएको साथीहरु मुख्यमुख्य अपराधीहरु बाहेक । अब माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन,” ओलीले भने ।उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई प्रतिक्रियावादीको मतियार बनेको आरोपसमेत लगाए ।
डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र