सन् 2008 मार्च 10 तारिक प्रज्ञा भवनको हल खचाखच भरिभराउ थियो। चर्चा थियो नेपालमै पहिलो चोटि एउटा इतिहास रच्ने म्युजिक एल्बम बिमोचन, एल्बम त सामान्य बिमोचन भै नै रहन्छन तर विशेष के थियो ? त्यस एल्बममा भने पन्चरत्न एल्बम भित्र ३२ वटा गित थिए।
८- ८ गितका ४अडियो रङ्गिन सिडि र ती गितहरु मध्य बाट उत्कृष्ट ८ गितहरुको भि सि डि सहितको जम्बो प्याकलाइ आकर्षण तरिकाले एल्बम को रुपमा प्रस्तुत गरिएको थियो। हेर्दा अचम्म लाग्ने फरक नौलो र महँगो समेत देखिने सो एल्बममा तत्कालिन समयका नेपालका बरिष्ट चर्चित गायक गायिका संगीतकार देखि नया संगीतकार गायकहरु समेतको उपस्थिति थियो।।अझ कार्यक्रमको अर्को आकर्षण पक्ष के थियो भने सो एल्बम बिश्व चर्चित ओपेरा सिङ्गर जापानी गायिका Seiko Lee ले बिमोचन गर्दै थिइन।

ओपेराको नौलो स्वाद चाखिरहेका दर्शक माझ जब गितकार बि.पाण्डेको एल्बम पन्चरत्न बिमोचन हुँदै थियो ! यो कस्तो एल्बम हो ? यो के चिज हो भनेर धेरै दर्शकहरुको जिज्ञासा् थियो।लगतै उक्त एल्बम बाट गायक रामकृश्न ढकालले एउटा गित प्रस्तुत गरे- तिमिले माया मारेर केही हुन्न अर्को माया भेटिन्छ छिनको छिन सुनको माया फलामको भाउमा बाचाकसम बेचिन्छ छिनको छिन गायक ढकाल ले यो गित गाए पछि उपस्थित दर्शक स्रोताको तालिले पन्चरत्न एल्बम लाई भब्यरुपमा स्वागत गरियो।

नया शैलिमा फरक ढङ्गले प्रस्तुत गरिएको त्यो एल्बम वास्तवमै नेपाली साङ्गितिक इतिहासमा कोशेढुङ्गाको रुपमा स्थापित भयो भने गितकार बि पाण्डेलाइ सङ्गीत क्षेत्रमा अझ बढी परिचित बनायो।

गितकार पाण्डेका धेरै गितहरु सुन्न सक्छौ हामी। पछिल्लो समय चलचित्र गितमा अब्बल ठहरिएका गितकार पाण्डेको "बनकी चरी के भन्छे" चलचित्र प्रसादको यस गितले फेसबूक, टिकटक,युट्युब लगायतका प्लाटफर्महरुमा उत्कृष्ट उपस्थिती जनायो भने लगतै अर्को Selfie King चलचित्रको गित "दिन्छु एउटा जालिरुमाल" पनि दर्शक स्रोताको मनमा फरक छाप छोड्न सफल भयो। उनै गितकार पाण्डे अब भने आफुले लेखेका गितहरुको किताब निकाल्ने तयारिमा छन।
२० बर्ष देखि अनवरत रुपमा नेपाली गितसङ्गित क्षेत्रमा काम गरेका गितकार पाण्डेले आफ्नो पहिलो गित "शंका नगर मेरो मायामा" देखि पछिल्लो "पहिले दिल साट्ने कुरा भो" सम्मका दर्शकद्वारा रुचाइएका १०० गितलाइ यो चोटि किताबको रुपमा प्रस्तुत गर्ने छन।।एबिसी पब्लिकेशनद्वारा बजारमा आउने किताब २०७८ को दशै अगाबै दर्शक स्रोताको हातमा पुग्ने जानकारी गितकार पाण्डेले दिए ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ