Logo

मंगलवार, भाद्र ९ गते २०८३

मास्क लगाउन र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन प्रधानमन्त्री देउवाको अपिल

मास्क लगाउन र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन प्रधानमन्त्री देउवाको अपिल


मास्क लगाउन र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन प्रधानमन्त्री देउवाको अपिल

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेश्रो लहर आउन सक्ने जोखिम बढेकाले मास्क लगाउन र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सार्वजनिक अपिल गरेका छन् । 

एक भिडीओ सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीको तेश्रो लहर सुरु हुने लक्षण देखिन थालेको र सरकारको एक्लो प्रयासले मात्र महामारी नियन्त्रण सम्भव नहुने भन्दै सम्पूर्ण नेपाललीलाई आवश्यक परेको खण्डमा मात्र घर बाहिर निस्कन तथा नाक र मुख राम्रोसँग छोपिने गरी मास्क लगाउन आग्रह गरेका छन् ।

भिडीयो सन्देशमा उनले कोभिड–१९ को निरोधात्मक उपायहरू मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुन पानी तथा सेनिटाइजरले हात सफा गर्ने जस्ता जनस्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् । 

उनले महामारीविरुद्ध सबैभन्दा प्रभावकारी उपाय कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइने भन्दै खोप लगाउने ठाउँमा भीडभाड नगरी भौतिक दूरी कायम राखेर सुरक्षित व्यवहार पालन गर्न आग्रह गरेका छन् । 

उनले राजनीतिक दलहरू तथा विदेशी नियोग, गैर सरकारी संस्थाहरू र निजी क्षेत्रलाई पनि सुरक्षित भएर आफ्ना गतिविधि अघि बढाउन र भीडभाड हुने काम नगर्न अपिल गरेका छन् । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक