काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकमा उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकमा प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको उनले बताए । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।
उक्त प्रतिवेदनमाथि छलफलको लागि ८ वटा समूह विभाजन गरिएको छ । बैठक भोलि ११ बजे बस्ने उनले बताए । बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुनेछ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक