काठमाडौँ- नेकपा एमालेले आज बिहान ११ बजे स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ। स्थायी कमिटी बैठकपछि संसदीय दलको बैठक बस्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति संसद अधिवेशन अन्त्य गरेसँगै एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको हो।
दुवै बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ ।एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने संसद् अधिवेशन अन्त्य हुँदा र शुरु हुँदा दलको बैठक बस्नु नियमित प्रक्रिया नै भएको बताएका छन्।
डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र