काठमाडौ । प्रधानमन्त्री तथा कांग्रेस सभापत शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । आइतबार बालुवाटारमा भएकाे भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ट्विटरमार्फत चौथाइवालेले आफू र देउवाबीच दुई पार्टीबीचकाे सम्बन्धलाई थब बलियाे बनाउने सहमति भएकाे जनाएका छन् । भाजपाकाे विदेश विभाग प्रमुखसमेत रहेका उनी नेपाली कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक