Logo

मंगलवार, भाद्र ९ गते २०८३

अध्यक्ष केपी ओलीको घोषणा: "अनुकुल समय मिलाएर जिम्मेवारी हस्तान्तरण गर्नेछु "

अध्यक्ष केपी ओलीको घोषणा: "अनुकुल समय मिलाएर जिम्मेवारी हस्तान्तरण गर्नेछु "


अध्यक्ष केपी ओलीको घोषणा: "अनुकुल समय मिलाएर जिम्मेवारी हस्तान्तरण गर्नेछु "

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कोही पनि निर्विकल्प नहुने बताए । महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उनले भने, ‘म अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छु ।’

ओली पक्षका नेताहरुले भने एउटा चुनाव र एउटा महाधिवेशन ओलीकै नेतृत्वमा हुने बताएका छन् । तर ओलीले भने यसबारे बोलेका छैनन् ।

एमाले नेताहरुलाई डाँडामा लगेर थुनियो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाएका छन् । यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको उनले बताए ।

एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती राखेको बताए । उनले भने, ‘बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ?’

कुटपिट गरियो भने आफूले नभन्ने, तर घेराबन्दी गरेर घर–घरबाट लगेर राखेको उनले बताए । ‘फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो’ उनले भने, ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् ।’

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक