Logo

मंगलवार, भाद्र ९ गते २०८३

माधव नेपाल र महन्थ ठाकुरका पार्टीले निर्वाचन आयोगबाट पाए प्रमाणपत्र

माधव नेपाल र महन्थ ठाकुरका पार्टीले निर्वाचन आयोगबाट पाए प्रमाणपत्र


माधव नेपाल र महन्थ ठाकुरका पार्टीले  निर्वाचन आयोगबाट पाए प्रमाणपत्र

काठमाडौ   –  निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको पार्टीलाई प्रमाणपत्र दिएको छ।

एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगले बुधबार राति प्रमाणपत्र प्रदान गरेको हो।

दल विभाजनका लागि ल्याएको अध्यादेशअनुसार दुवै पार्टीले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएपछि आयोगले प्रमाणपत्र दिएको हो।

दल विभाजनका लागि भदौ २ गते दिएको निवेदनमा सनाखत गर्न आयोगले बुधबार नेपाल र ठाकुर दुवै पक्षलाई बोलाएको थियो। पार्टी विभाजन गरी समाजवादी पार्टी गठन गर्न एमालेका ५४ जना केन्द्रीय सदस्य र ३० जना सांसदले सनाखत गरेपछि आयोगले नयाँ पार्टीको मान्यता दिएको हो।

दल विभाजनका लागि साविक एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना सांसदले भदौ २ गते निर्वाचन आयोगमा आवेदन दिएका थिए। त्यसमध्ये आयोगले ५५ जनाको नाम सनाखतका लागि सार्वजनिक गरेको थियो। त्यसमध्ये भाष्कर काफ्ले सनाखतका लागि आयोगमा उपस्थित भएनन्।

नयाँ दल बन्नका लागि ४१ जना मात्रै केन्द्रीय सदस्य आवश्यक पर्ने अवस्थामा माधव नेपाल नेतृत्वको समाजवादीका पक्षमा १३ जना बढी केन्द्रीय सदस्य उपस्थित भएका हुन्।त्यस्तै एमालेका १५४ जना संघीय संसदका सदस्यमध्ये ३० जनाले पार्टी विभाजनमा हस्ताक्षर गरेका छन्। यसमा प्रतिनिधिसभाका १२१ जनामध्ये २२ जना र राष्ट्रियसभाका ३३ जना मध्ये आठ जना एकीकृत समाजवादीको पक्षमा उभिएका छन्।

झलनाथ खनाल बाहेक अरु सबै सांसदले आयोगमै उपस्थित भइ विभाजनको पक्षमा सनातखत गरेका थिए। खनाललाई दूतावासमार्फत भर्चुअल माध्यमबाट सनाखत गराइएको हो।एमाले केन्द्रीय सदस्य संख्याको आधारमा विभाजन हुने भएको छ। संसदीय दलतर्फ विभाजनका लागि ३१ जना सांसद आवश्यक पर्ने भए पनि ३० जना मात्रै भएका हुन्। चार जनाले भदौ २ गते दिइएको आवेदनमा नाम उल्लेख नभएको भन्दै आयोगले सनाखत गराउन अस्वीकार गरेको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक