काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कारबाही गरेका १४ जना सांसद संसद् बैठकमा सहभागी भए बैठक चल्नै नदिने बताएका छन् । आज प्रतिनिधि सभा बैठक आह्वान गरिएको छ । त्यसअघि एमाले संसदीय दलको बैठक राखेका ओलीले एमालेले कारबाही गरेका सांसदहरुलाई संसद् प्रवेशमा रोक लगाउनुपर्ने बताएका हुन् ।
‘गैरसंसद्को उपस्थितिमा संसद् चल्न सक्दैन । हामीले कारबाही गरेर निस्काशन गरेका व्यक्ति संसद् बैठकमा हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौँ,’ उनले भने । एमालेले साउन २५ गते माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाहीको निर्णय गरेको थियो । ओलीले १४ जना सहभागी भए बैठक सुरु हुनै नदिने बताए । प्रतिनिधि सभाको दुवै सदनको बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक