Logo

मंगलवार, भाद्र ९ गते २०८३

विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उमेदवारी घोषणा

विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उमेदवारी घोषणा


विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उमेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुन्दरीजलस्थित बीपी संग्राहलय पुगेर महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् ।

पण्डित वासुदेवकृष्ण शास्त्रीले निकालेको बिहीबार दिउँसो एक बजेर ७ मिनेटको साइतमा शर्माले महामन्त्रीमा उमेदवारी घोषणा गरेका हुन् ।

“बीपीलाई जेल राखिएको स्थानमा आएर, बीपीले रोपेको कपुरमा पानी चढाएर गणेशमान र किशुनजीको सालिकको समीपमा बीपी स्मृति दिवसकै दिन उमेदवारी घोषणा गर्न म यहाँ आइपुगेको हुँ,” शर्माले भने, “म केही दिनमा औपचारिक पत्रकार सम्मेलनको तयारीमा छु । आफ्नै सूचनाबाट यहाँ आइपुग्ने पत्रकार साथीहरुलाई धन्यवाद ।”

उनले बीपीसँगै जेल बसेका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसँगै रामनारायण मिश्रको विशेष स्मरण गरे ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक