काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशनको मिति सारिएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटीको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको हो ।
विधान महाधिवेशन अब आउँदो असोज १५ देखि १७ गतेसम्म हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
समय अपुग भएकाले मिति सारिएको उनले बताए । विधान महाधिवेशन काठमाडौंमा हुनेछ । त्यसका लागि स्थायी कमिटी बैठक असोज ३ र ४ गतेका लागि बोलाइएको पनि भट्टराईले जानकारी दिए ।
त्यस्तै, असोज ८ र ९ गतेका लागि एमाले केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । स्थायी कमिटीबाट आएको दस्तावेजलाई समेटेर केन्द्रीय कमिटीबाट आएको दस्तावेजको रूपमा विधान महाधिवेशनमा प्रस्तुत गरिने उनले बताए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक