काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार छिटै हुने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सहभागी भएर निस्कने क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ,’ उनले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै भने ।
सरकार गठन भएको दुई महिनाभन्दा धेरै भइसके पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । केपी ओली नेतृत्वको सरकार ढालेर गठबन्धनको सरकारको नेतृत्व गरेका देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद्कै भरमा सरकार चलाएका छन् । देउवा आफैँले दर्जनौँ मन्त्रालय ओगटेका छन् । गठबन्धनमा सहभागी दलहरु कांग्रेस, माओवादी केन्द्र र जसपाबीच मन्त्रालयको बाँडफाँटको विषयमा पनि कुरा मिलेको छैन ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक