Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

ठगी मुद्दामा कानून व्यवसायी नै पक्राउ

ठगी मुद्दामा कानून व्यवसायी नै पक्राउ


ठगी मुद्दामा कानून व्यवसायी नै पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।

देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनामा प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आठ जनासँग जनही तीन लाख रुपैयाँ माग गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

भरतपुर महानगरपालिका–३ बस्ने ४१ वर्षीय राहुल गुप्ताले ठगी उद्योगमा जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ– ‘राहुल गुप्तासमेतका आठ जनाले झुटो विवरण पेश गरी नेपाली लिएको हुँदा निजलाई समेत कारबाही गरी पाऊँ भनी भारत घर भएका सतिशकुमारले यस कार्यालयमा जाहेरी पेश गरेकामा मुद्दा मिलाइदिन्छु भनी रकम माग गरेपछि पक्राउ गरिएको हो ।”

प्रहरीले देवकोटालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२१ को दफा २४९ ठगी गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

रासस

कामना न्यूज

  • मंगलवार, आश्विन १२ २०७८१२:४६:१२
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ