Logo

मंगलवार, भाद्र ९ गते २०८३

जित्‍ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ : नेता पौडेल

जित्‍ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ : नेता पौडेल


जित्‍ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ : नेता पौडेल

दमौली -नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्‍ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताएका छन् । कांग्रेसको भानु नगर समितिको आज आयोजित पदस्थापन कार्यक्रममा उनले जीत र हारलाई स्वभाविकरुपमा लिएर एकता र सद्‍भावको यात्रा बढाउनुपर्नेमा जोड दिए ।  

“जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जीत र हारलाई सहजरुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडि बढ्नुपर्छ”, पौडेलले भने, “तबमात्र कांग्रेस बलियो बन्छ ।”

लोकतन्त्र बचाउने भनेको कांग्रेसले मात्र भएको उल्लेख गर्दै उनले कम्युनिष्टबाट लोकतन्त्र बच्‍न नसक्ने जिकिर गरे । “देशमा लोकतन्त्र बचाउने काम कांग्रेसले जिम्मेवारीपूर्वक बहन गर्नुपर्छ, त्यसको अभिभारा कांग्रेसलाई आइपरेको छ”, उनले भने । 

सिंहदरबारका अधिकार गाउँगाउँमा आएको प्रसङ्ग उल्लेख गर्दै नेता पौडेलले कांग्रेसको नेतृत्वमा ल्याएको संविधानमाथि आक्रमण हुनसक्ने भएकाले परिवर्तन बचाउनका लागि अझै पनि संघर्ष गर्न बाँकी रहेको बताए । नेपालमा अझै पनि लोकतन्त्र सुनिश्चित नभइसकेको र लोकतन्त्रका लागि लडाई गर्न अझै बाँकी रहेको उनले टिप्पणी गरे । 

 “नेपाललाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ, त्यसकाविरुद्धमा कम्मर कसेर लाग्नुपर्छ”, उनले भने । एमाले जिम्मेवार प्रतिपक्ष बन्नुपर्ने नेता पौडेलको भनाइ थियो । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीलगायतले आ-आफ्नो धारणा राखेका थिए । सो अवसरमा भानु नगरसमितिका नवनिर्वाचित सभापति रामकुमार श्रेष्ठ नेतृत्वको समितिलाई पदस्थापन गराइएको थियो ।

रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक