काठमाडौँ– नेकपा एमालेको पदाधिकारी १५ सदस्यीय हुने भएको छ।
गोदावरीमा जारी एमालेको पहिलो विधान महाधिवेशनमा सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिँदै नेता विष्णु पौडेलले प्राप्त सुझावका आधारमा पदाधिकारीको संख्या तय गरिएको बताए।
अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुने छन्। पदाधिकारीको सचिवालय रहने छ।
यस्तै स्थायी कमिटीमा ४५ सदस्य रहने पनि पौडेलले बताएका छन्। एमालेको २२५ सदस्यीय केन्द्रीय कमिटी रहने छ। तर पोलिट्ब्युरो भने अब उपरान्त एमालेमा रहने छैन।
डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र