Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

अर्जेन्टिना बराबरीमा रोकियो

अर्जेन्टिना बराबरीमा रोकियो


अर्जेन्टिना बराबरीमा रोकियो

काठमाडौं । लियोनल मेसीको अर्जेन्टिनाले आज बिहान फिफा विश्वकप छनोट प्रतियोगितामा पाराग्वेसँग गोलरहित बराबरी खेलेको छ । 

दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले गोलका केही राम्रा अवसर सिर्जना गरेको थियो । तर, पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा कोपा अमेरिका विजेता अर्जेन्टिनाले गोलरहित बराबरीमा चित्त बुझाउनु पर्यो ।

लियोनल स्कालोनीको अर्जेन्टिना प्रतियोगिता अपराजित छ । अर्जेन्टिनाको अपराजित यात्रा सबै खाले प्रतियोगिता गरी २३ खेलसम्म लम्बिएको छ । छनोट प्रतियोगितामा अर्जेन्टिना खेलेको ९ मध्ये ५ खेलमा विजय हासिल गरेको छ भने चार खेल बराबरी खेलेको छ ।

बराबरीका बाबजुद ९ खेलबाट १९ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा कायमै छ । जुन शीर्ष स्थानको ब्राजिलभन्दा आठ अंकले पछाडि हो । पाराग्वे १० खेलबाट १२ अंक जोड्दै छैटौं स्थानमा छ । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ